Regd Number at DAO: 1255/2064-65, SWC affiliation Number: 28349, PAN/NAT: 302917675
 977 (55) 521576 / 9855025775    info@campaignnepal.org.np
 Thematic Areas     Key Information     Objectives     Goal     Mission      Vision     लेख्न सक्ने भईन हजुर आमा, पढिरहेकी छिन नातिनी     सामाजिक सदभाव र शान्तिका लागि युवाको भूमिका: एक उदाहरण     Introduction of Campaign Nepal for Research and Development, Rautahat     Community Led Total Sanitation Program     Wash Program in Community School   
Document
Success Story




सामाजिक सदभाव र शान्तिका लागि युवाको भूमिका: एक उदाहरण

"मेरो जीवन जोगाई दिनु भएकोमा धन्यवाद दिन चाहन्छौ । म दलितको छोरालाई यसरी बाटोमा लडिरहेको अवस्थामा ल्याएर नया जीवन दिनु भएकोमा धन्यवाद । समाजमा आज पनि दलितलाई हेला, दुब्र्यवहार र हिन भावनाले हेर्ने अझै डोम जातिको त् जीउ छुन समेत घिन मान्ने समाजमा मेरो छोराको जीवन जोगाई दियो यी संस्थाहरुले । म आभारी छु यस संस्था र यसका सदस्यहरुप्रति ।" - एतवरिया देबी तथा जगदिश मली ।
UNDP/LRP को सहयोगमा अनुसन्धान र विकासका निम्ती अभियान नेपाल, रौतहटले सामाजिक सदभाव र शान्तिका लागि युवा कार्यक्रम अन्तर्गत साझा सांस्कृतिक सहयोग कार्यक्रमका लागि १२ र १३ सेप्टेम्बर २०११ मा सञ्चालन गरिएको माहाविरी मेला २०६८ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा आफ्ना १२ बर्षिय छोरा अजय मलीको उपचार गराएपछि आमा एतवरिया देबी तथा बाबु जगदिश मली डोम आफ्नो भावना यसरी ब्यक्त गरे । समाजमा डोम जातिलाई छुन समेत घिन मान्ने परम्परा रहेको समुदायमा यसरी डोम जातिलाई उपचार गरि निको पार्न सक्नुमा एका तिर मानविय उद्धारको काम त् भएकै छ, अर्को तिर समाजमा कुरिती र छुवाछुत विरुद्धमा भएको एक चुनौती पूर्ण काम पनि हो । तर समाजमा सदभाव र शान्ति कायम गर्नमा यस कार्यले ठुलो टेवा मिलेकोछ । झाडापाखालाबाट ग्रसित ती रोगी बालक मेला हेर्न आउदाँ चर्को घाममा बेहोस भई बाटोमा लडेका थिए । अभियान नेपालका सदस्यहरुले उक्त बालकलाई बाटोबाट उद्धार गरि स्वास्थ्य शिविर सञ्चालन भएको स्थानमा ल्याएर उपचार गरेका थिए । डा. रविन्द्र कुशवाहा तथा ओमप्रकाश कुशवाहाले संयुक्त रुपमा लगातार ७ घन्टा सम्मको उपचार पछि निको पारेका थिए । स्वास्थ्य शिविर सञ्चालन हुनु भनेको एक मानविय सहयोग हो । तर अहिले पनि सरकारी वा ग्रह् सरकारी स्वास्थ्य संस्थाहरुमा डोम जातिको उपचार गर्न नमान्ने अवस्थामा यसरी बाटोमा लडिरहेको अवस्थामा ल्याएर उपचार गर्न पाएकोमा छुवाछुत विरुद्धको लडाईमा समेत सहयोग पुगेकोछ । समाजमा डोम जाति प्रति हुने घृना र भेदभावमा कमि आएकोछ । बर्षौ देखि चलिआएको यो भेदभावका कारण समाजमा हुने कलह, आशान्ति र भेदभावलाई चुनौती दिदै गरिएको यस प्रकारको मानविय सहयोगले बास्तवमा समाजमा सामाजिक सदभाव कायम गर्नमा मद्दत पुगेकोछ । ग्ल्म्एरीच्ए को सहयोगमा अभियान नेपाल, रौतहटले सञ्चान गरेको स्वास्थ्य शिविरमा डोम जातिको बच्चालाई उपचार पछि निको पारे पछि उपचारमा संलग्न डा. द्वय कुशवाहाले यस्तो प्रतिक्रिया दिएः “हामीले पनि विगत ३ वर्ष देखि यस गाँउमा उपचार सेवा सञ्चालन गरिरहे पनि यसरी डोमहरुको उपचारमा यसरी संलग्न भएका थिएनौ । तर आज यी संस्थाहरुले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा डोम जातिको बच्चाको उपचार गर्दा शुरुमा अलि अप्ठयारो लागेको थियो, तर संस्थाका सदस्यहरुको सक्रियता देखेर हामी पनि प्रभावित भयौ र निर्धक्क साथ संलग्न भयौ । उपचार पछि ती बच्चालाई निको पार्न सकेकोमा गर्व पनि लागेकोछ । हामी अब यसरी समाजिक रुपमा हुने छुवाछुतलाई तोडेर अब हामी डोम जातिको पनि विना भेदभाव उपचार गर्नुपर्छ भन्ने प्रभावित पनि भएकाछौ ।” समाजमा पनि यसको राम्रो प्रभाव परेको हामीले महसुस गरेकाछौ । समाजमा पूजापाठ आदि ईत्यादी हुँदा डोम जातिले बनाउने बाँसका सामग्रीहरु प्रयोग गर्न मिल्ने तर उनीहरुको दुःख, सुखमा सहभागीनहुने अवस्था रहेको समाजमा डोमजातिको बच्चालाई यसरी उपचार गराउन सकेकोमा संस्था पनि गौरवान्वित भएकोछ । यसले समाजमा हुने छुवाछुतमा कमि ल्याउने आशा संस्थाले राखेकोछ । यति मात्रै कहाँ हो र? यस सम्बन्धमा स्थानिय समाजसेवी तथा बुद्धिजीवि शेख ईस्लाम यसरी भन्नु हुन्छः “शुरुमा त् हामीले के गरेको यी संस्थाले, भनेर रिसाएकै थियौ । तर ती बालकका अभिभावकको रोदन तथा बबालकको अवस्था हेरेर माया पनि लाग्थ्यो । सायद अलि अलि औषधी उपचारका लागि संस्थाले अलि अलि सहयोग गरिदिए हुन्थ्यो । यसरी प्रत्यक्ष संलग्न भएर उपचार गरिराख्नु पर्दैनथ्यो जस्तो सोचे । तर उपचार पछि बच्चा निको भएपछि बच्चा र तीनका अभिभावकको खुसी हेरेर म पनि प्रभावित भए । यसरी संस्थाको कार्यले एकतिर मानविय सहयोग त् गरेकै छ, त्यो भन्दा पनि छुवाछुत र भेदभावका कारण समाजमा हुने हिंसा र कलहमा कमि ल्याउनेछ यस कार्यले ।” यसरी संस्थाको सानो लगानीले पनि समाजमा यसरी मानविय सहयोग संगै सामाजिक सदभाव कायम गर्न सक्नु ठुलो उपलब्धी भएको महसुस गर्छौ हामी । यसले सामाजिक सदभाव र शान्तिका लागि युवाको भूमिका लाई बास्तवमा उजागर गरिदिएकोछ । साझा सांस्कृतिक सहयोग कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको माहाविरी मेला २०६८ गा.वि.स. तेजापाकडको एकताको प्रतिक हो, जहाँ हिन्दु मुस्लिम सबै समुदायको समान सहभागीताहुन्छ । तर विगत ८÷१० वर्ष देखि स्थानिय स्तरमा भएको राजनैतिक किचलोको कारण मेला लाग्न नै छोडेको थियो । यस वर्ष लगाईएको मेलामा पूणः हामी सबैको समान सहभागीताभएको महसुस गरेका थियौ । सबै जातजातिले मिलेर मेलालाई अझै आकर्षक बनाउन नाटक, तमासा, खेल आदि समेत सञ्चालन गरेका थिए । आशा गरौ हामी यस वर्षको मेलाले निम्त्याएको सामाजिक सदभाव र शान्ति संगै सामाजिक एकता सधैंका लागि कायम रहि रहोस ।

सामाजिक सदभाव र शान्तिका लागि युवाको भूमिका: एक उदाहरण

"मेरो जीवन जोगाई दिनु भएकोमा धन्यवाद दिन चाहन्छौ । म दलितको छोरालाई यसरी बाटोमा लडिरहेको अवस्थामा ल्याएर नया जीवन दिनु भएकोमा धन्यवाद । समाजमा आज पनि दलितलाई हेला, दुब्र्यवहार र हिन भावनाले हेर्ने अझै डोम जातिको त् जीउ छुन समेत घिन मान्ने समाजमा मेरो छोराको जीवन जोगाई दियो यी संस्थाहरुले । म आभारी छु यस संस्था र यसका सदस्यहरुप्रति ।" - एतवरिया देबी तथा जगदिश मली ।

लेख्न सक्ने भईन हजुर आमा, पढिरहेकी छिन नातिनी

"हमरे डाला पन पथियासे देवतो पितर पुजाईअ, कहु ओ बाबु तईयो किय देह ई हमर छुवाईअ ।" मैथली गितको एक पङ्गती । जातैले डोम, तराई क्षेत्रका सबभन्दा तल्लो जाति भनिने । यीनै डोम जातीहरुले बनाउने बाँसका भकारी, सुप आदिले हामी सबैको देबी देउताको पूजा हुने, तर यीनको पानी नचल्ने जिउ छुन नहुने चलन छ । यस्तै चेपुवा, अन्धविस्वास र कुरितीले गर्दा डोम जातीहरु समाजमा शिक्षा, स्वास्थ्य लगायतका सेवा तथा अवसरहरुबाट बञ्चित हुँदै आएको अवस्था छ ।
About Us


Background

   

Vision, Mission and Goal

   

Objectives

   

Key Information

   

Thematic Areas

   
  Contact
Campaign Nepal for Research & Development

Tejapaked - 5
Rautahat, Nepal
Tel: +977 (57) 055-521576
https://www.campaignnepal.org.np
Email: campaignnepal.org@gmail.com, info@campaignnepal.org.np
Powered by:  
  Campaign Nepal for Research & Development - All Rights Reserved. 2018