Regd Number at DAO: 1255/2064-65, SWC affiliation Number: 28349, PAN/NAT: 302917675
 977 (55) 521576 / 9855025775    info@campaignnepal.org.np
 Thematic Areas     Key Information     Objectives     Goal     Mission      Vision     लेख्न सक्ने भईन हजुर आमा, पढिरहेकी छिन नातिनी     सामाजिक सदभाव र शान्तिका लागि युवाको भूमिका: एक उदाहरण     Introduction of Campaign Nepal for Research and Development, Rautahat     Community Led Total Sanitation Program     Wash Program in Community School   
Document
Success Story




लेख्न सक्ने भईन हजुर आमा, पढिरहेकी छिन नातिनी

"हमरे डाला पन पथियासे देवतो पितर पुजाईअ, कहु ओ बाबु तईयो किय देह ई हमर छुवाईअ ।" मैथली गितको एक पङ्गती । जातैले डोम, तराई क्षेत्रका सबभन्दा तल्लो जाति भनिने । यीनै डोम जातीहरुले बनाउने बाँसका भकारी, सुप आदिले हामी सबैको देबी देउताको पूजा हुने, तर यीनको पानी नचल्ने जिउ छुन नहुने चलन छ । यस्तै चेपुवा, अन्धविस्वास र कुरितीले गर्दा डोम जातीहरु समाजमा शिक्षा, स्वास्थ्य लगायतका सेवा तथा अवसरहरुबाट बञ्चित हुँदै आएको अवस्था छ ।
तर बसन्तपट्टी-६ स्थित लगभग वर्ष ७५ की हजुर आमा असभगनी देबी आफ्नो नाम राम्ररी लेख्छिन । साथै वर्ष १२ की नातिनी सुमिन्त्रा कुमारी मली पनि कक्षा ४ मा अध्ययन गर्छिन । प्लान नेपालकी सहयोगी बालिका संख्या २२४२६ कि सुमिन्त्रा आफ्नि हजुर आमा असभगनी सँग प्रत्याभूत बालबालिका प्रमाणिकरण तथा उपहार वितरण कार्यक्रम अन्तर्गत फोटो खिचाउन तथा उपहार ग्रहण गर्न आउदा उपहार ग्रहणको भर्पाईमा हजुर आमाले औंठा छाप लगाउनुको सट्ट झट्ट हाथबाट कलम खोसी फरर आफ्नो नाम लेख्न भ्याइन । 

जिल्लामै न्युन जनसंख्या रहेका यी जातिहरुको आर्थिक तथा सामाजिक अवस्था समग्रमा ज्यादै नै दयनिय रहेकोछ । शिक्षाको स्तर हेर्दा यस जातिमा प्रायः सबै निरक्षर नै रहेकोछ । पढनेहरुमा पनि नँया पुस्ताका बालबालिकाहरु मात्र रहेका छन । त्यसमा पनि प्रायः बालकहरु मात्र पढन खोज्ने वा अभिभावकले पनि बालकहरुलाई मात्र पढाउन खोज्ने अवस्था छ । ३ वर्ष अघि प्रत्याभूत बालबालिका प्रमाणिकरण तथा उपहार वितरण कार्यक्रममा बसन्तपट्टीमा जाँदा यिनीहरु औंठा छाप लगाएका थिए । तर वितेको ३ वर्षमा हजुर आमा कसरी लेख्ने भईन र नातिनी पनि कसरी कक्षा ४ मा पुगिन त्? "३ वर्ष अघि लेख्न नजानेर उपहार ग्रहण गर्न आउदा सरहरुले उपहारै नदिई रितो हात फर्काए । बच्चा पढाउन नमान्ने तिमीहरुलाई कापी कलम किन चाहियो? तिमीहरु पाउदैन जव तिम्रो बच्चा विद्यालय जान थाल्छ अनि मात्र उपहार लिन आउनु । यसै कुराले चित दुख्यो र म नातिनीलाई विद्यालय पठाउन निधो गरे । ५–७ दिन पछि एक जना सर मेरो घरमा पुगेर मैले नपाएको पुरस्कार दियो र विद्यालय पठाउन धेरै भन्यो । त्यही दिन म आफै विद्यालयमा गएर मेरो नातिनीको नाम दर्ता गराए । नातिनी पहिलो कक्षामा राम्रो गरिन र विद्यालयका सरहरुले ३ कक्षामा नाम लेखिदिनुभो । 

आज नातिनी ४ कक्षामा पुगिन पढनमा राम्रोछ । धेरै पढाउछु र राम्रो मान्छे बनाउछु ।–हजुर आमा असभगनी को भनाई ।" "एक प्रत्याभूत बालबालिकाको रुपमा मेरो फोटो धेरै पटक खिचियो । तर उपहार वितरणका क्रममा उपहारै नदिई त्यतीकै रितो हाथ फर्काउदा धेरै रोए । मलाई पढाउन भनेर घरमा सबैलाई भने । विद्यालयमा पढदा उपहार पाईन्छ भनेर मात्र म पढाउन भनेर जिद्धी गरेको थिए, नकि हामी पनि पढनु पर्छ भनेर । हजुर आमाले मलाई लिएर विद्यालय गईन र मेरो नाम लेखाईदिनु भो । त्यती खेर उपहारमा पाएको कापी कलम (केही दिन पछि मात्र) ले लगभग वर्ष दिन पढाई धान्यो तर अर्को वर्षलाई कापी कलमको समस्या परेपछि फोटो खिच्न आउने सरलाई मैले कापी कलम माँगे । वहाँले १÷२ दिन पछि कापी कलम ल्याएर दिनुभो । अनि फेरी म विद्यालय नियमित भए । परिक्षामा राम्रो अंक आएपछि कक्षा १ बाट एकै चोटी ३ कक्षामा पुगे । आज म कक्षा ४ मा पुगेकी छु ।–प्रत्याभूत बालिका सुमिन्त्रा कुमारी मलीको भनाई ।" 

यस माहोलमा बाँचीरहेका डोम जातिहरुमा ७५ वर्षिय यी बुढी हजुर आमा कसरी लेख्न सिकिन त्? सँगै अर्को प्रश्न आउछ, यी हजुर आमाका १२ वर्षिय नातिनी पनि कसरी विद्यालय जान थाल्ने भईन त्? उपहार वितरणमा रितो हात फर्किदाको पिडा र उपहार पाउने लोभले मात्र यी १२ वर्षे सुमिन्त्रा विद्यालय जाने भइन र आज राम्ररी पढि रहेकी छिन । आज उनलाई उपहारका लागि पढनु पर्छ भन्ने लागेको छैन । उनि आज सफल र सुनिश्चित भविश्यको लागि पढनु पर्छ भन्ने बुझेकी छिन । शुरुमा विद्यालय जाँदा छोईन्छ भनेर अरु विधार्थी भन्दा छुट्टिएर बस्नु पर्ने अवस्था रहेकोमा आज पढाईमा राम्रो भएपछि अरु सँगै बस्ने गरेको अनुभव छ सुमिन्त्रा सँग । तर यी बुढी उमेरले पाको हजुर आमा भने विद्यालय गएर पढेकी छैन । गरिबी निवारण कोषको सामुदायिक समुहमा रहेकी असभगनी समुहमा सही गर्न अरुले कलमले लेख्ने तर आफु सधैं औंठा लगाईरहनु पर्ने हुनाले नातिनीबाट लेख्न सिकेकी छिन । हाल सम्म जिल्लामा डोम जातिहरुमा ५ जना मात्र साक्षर रहेको तथ्य देखिन्छ । जसमा बसन्तपट्टी, तेजापाकड, मिठुअवा, सरमुजवा र कटहरिया गा.वि.स.का १÷१ जना डोमहरु रहेका छन ।


सामाजिक सदभाव र शान्तिका लागि युवाको भूमिका: एक उदाहरण

"मेरो जीवन जोगाई दिनु भएकोमा धन्यवाद दिन चाहन्छौ । म दलितको छोरालाई यसरी बाटोमा लडिरहेको अवस्थामा ल्याएर नया जीवन दिनु भएकोमा धन्यवाद । समाजमा आज पनि दलितलाई हेला, दुब्र्यवहार र हिन भावनाले हेर्ने अझै डोम जातिको त् जीउ छुन समेत घिन मान्ने समाजमा मेरो छोराको जीवन जोगाई दियो यी संस्थाहरुले । म आभारी छु यस संस्था र यसका सदस्यहरुप्रति ।" - एतवरिया देबी तथा जगदिश मली ।

लेख्न सक्ने भईन हजुर आमा, पढिरहेकी छिन नातिनी

"हमरे डाला पन पथियासे देवतो पितर पुजाईअ, कहु ओ बाबु तईयो किय देह ई हमर छुवाईअ ।" मैथली गितको एक पङ्गती । जातैले डोम, तराई क्षेत्रका सबभन्दा तल्लो जाति भनिने । यीनै डोम जातीहरुले बनाउने बाँसका भकारी, सुप आदिले हामी सबैको देबी देउताको पूजा हुने, तर यीनको पानी नचल्ने जिउ छुन नहुने चलन छ । यस्तै चेपुवा, अन्धविस्वास र कुरितीले गर्दा डोम जातीहरु समाजमा शिक्षा, स्वास्थ्य लगायतका सेवा तथा अवसरहरुबाट बञ्चित हुँदै आएको अवस्था छ ।
About Us


Background

   

Vision, Mission and Goal

   

Objectives

   

Key Information

   

Thematic Areas

   
  Contact
Campaign Nepal for Research & Development

Tejapaked - 5
Rautahat, Nepal
Tel: +977 (57) 055-521576
https://www.campaignnepal.org.np
Email: campaignnepal.org@gmail.com, info@campaignnepal.org.np
Powered by:  
  Campaign Nepal for Research & Development - All Rights Reserved. 2018